कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तु | मंसिर १६, २०७९

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार घटनास्थलबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोली ।

कपिलवस्तुः   कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो ।


चाकरचौडासँग सीमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढवाका बिहीबार राति ३५ वर्षीय ईरशाद खानमाथि दुई गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गरेको खुल्न आएको जानकारी दिनुभयो । उहाँका अनुसार खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।


गोली लागेर घाइते हुनुभएको खानलाई उपचारका लागि भारतको नौगढ लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर मेडिकल कलेज लगिएको छ ।


घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा अनुसनधान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा रहेका छन् ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्